भियतनाम, २८ वैशाख। भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा आयोजित रात्रिभोजमा सरिक भएका छन्। प्रधानमन्त्री ओली यही वैशाख २६ गतेदेखि भियतनामको चारदिने औपचारिक भ्रमणमा छन्।
सोही अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित छिन्। साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि रात्रिभोजमा सहभागिता छन्। रासस