काठमाडौँ, ३० बैशाख। यामाहाको एफजेड मोटरसाइकलले जस्तोसुकै पहाडी तथा अप्ठ्यारा सडकमा पनि गुड्न सक्ने मोटरसाइकलको रुपमा प्रमाणित गरेर देखाएको छ। यसअघि पहिलो सिरिजमा सगरमाथा आधार शिविर पुगेर पहिलो रेकर्ड कायम गरेको थियो। तर, योवर्ष उक्त रेकर्डलाई समेत तोडेर नयाँ रेकर्ड कायम गरेको छ।
‘एफ १ प्रविधि र एबीएस जडित एफजेड १५० ले नयाँ रेकर्ड कायम गरेको छ,’ सिइओ चिरञ्जीवी शाहले भने, ‘बिना समस्या १२ हजार ६०० फिटको उचाईमा एक हजार ३१४ किमिको दूरीलाई ८ दिनको यात्रा पार गर्दै नयाँ रेकर्ड कायम गर्नु सामान्य कुरा होइन।’ नयाँ रेकर्डको लागि हिमालयन रोडिजका निर्णायकहरु रेमनदास श्रेष्ठ, दिया मास्के र यस सिजनका विजेता सागरसहित ११ जना आकाँक्षी रोडिजहरुले विभिन्न सहरहरुमा गरेको रोडिज क्रियाकलापमार्फत् चयन गरिएको थियो । ‘एफआइ प्रविधि यामाहाको डिएनए हो, जुन अब एबिएस युक्त छ,’ सिइओ शाहले भने, ‘यसको साथमा हामी लोमाथाङ्ग र त्योभन्दा परफत्य गर्नेमा विश्वस्त थियौं ।’
यामाहा कम्पनीका मोटरसाइकलले कस्तै कठिन अवस्थाको सडकलाई पनि झेल्ने क्षमता राख्दछ भन्ने प्रमाण नै यही भएको उनको भनाइ छ। ‘साथै हाम्रा ग्राहकहरुलाई उत्पादनको कार्यक्षमता माथि पुनःनिर्धक्क प्रदान गर्न एवं नयाँ तथा उत्साहित चालकहरुको मनोबलमा विश्वास भर्न पनि हामीलाई मद्दत मिलेको छ,’ उनले थपे, ‘उत्पादनको भरोसासँगै हाम्रा ग्राहकहरुलाई हामी हाम्रो सद्भावना दूतको रुपमा विश्वास गर्दछौं, वहाँहरुको साथमा हामी यो यात्राको अवसर प्रदान गर्दछौं ।’ एफ जेडबारे चालकहरुबाट प्राप्त कार्यक्षमताको प्रतिक्रियाबाट पनि अत्यन्त उत्साहित बनाएको उनको भनाइ छ।
आगामी वर्ष अझ अहिलेको भन्दा कठिन भू–भागमा यसलाई प्रस्तुत गर्दै लैजाने उनले बताए।
‘यामाहाले निनियमित रुपमा आयोजना गर्दै आइरहेको बाइक चलाउने कार्यक्रम योवर्षको सर्वाधिक ठूलो कार्यक्रम भएको विष्णु अग्रवालले बताए। ‘हामी सबै यामाहा चालकहरुसँग मजबुत ढँगले बाँधिन चाहन्छौं,’ उनले भने, ‘यामाहा ब्राण्डलाई विश्वास गरेकोमा एफजेड चालकहरुप्रति कृतज्ञ भएका छौँ।’ यामाहा मोटरसाइकल सुरक्षा र सुविधामा कुनै सम्झौता नगरी चलाउन सकिने उनले विश्वास दिलाए ।