धादिङ, ०१ जेठ। कर्तव्य ज्यान मुद्धामा परेका चार जनालाई धादिङ जिल्ला अदालतले जेल चलान गरेको छ। जेल चलान हुनेहरुमा धादिङ, नीलकण्ठ नगरपालिका १ स्यालडाँडा बस्ने वर्ष ४९ का रेशमबहादुर नेवार, सोही स्थान बस्ने वर्ष ४९ का लालबहादुर श्रेष्ठ, वर्ष ४५ का क्षेत्रमान श्रेष्ठ भनिने विष्णुबहादुर श्रेष्ठ र वर्ष ४८ का झमबहादुर श्रेष्ठ रहेका छन्।
विष्णुबहादुर श्रेष्ठलाई पाँच महिना र अन्य तीन जनालाई तीन महिना १० दिनको जेल सजाय सुनाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। उनीहरुलाई जिल्ला अदालतले मंगलबार उक्त फैसला गरेको हो।