–रमेश लम्साल
काठमाडौँ, ०३ जेठ। नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्दै आएको छ। तर, २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा छ। व्यापार नाफामा रहेका मुलुकको कारोबार भने असाध्यै न्यून छ। नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ।
छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी छ। भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार रूपैयाँ बराबरको सामान आयात भएको छ। नेपालबाट भने जम्मा ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार रूपैयाँ बराबरको सामान मात्रै निर्यात भएको छ।
निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ। भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग ६ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा छ। यस्तै उत्तरी छिमेकी देश चीनबाट एक खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख रूपैयाँ मूल्य बराबरको सामान आयात हुँदा नेपालबाट जम्मा एक अर्ब ५२ करोड ३२ लाख ६१ हजार रूपैयाँ मूल्य बराबरको सामान मात्र निर्यात भएको छ।
चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रूपैयाँ छ। नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ। उक्त देशसँग २६ अर्ब ७० करोड चार लाख ६२ हजार रूपैयाँ बराबरको व्यापार घाटा छ। उक्त देशबाट २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार रूपैयाँ मूल्य बराबरको सामान आयात हुँदा ११ करोड ८७ लाख ३३ हजार रूपैयाँ मूल्य बराबरको मात्रै निकासी भएको छ।
चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रूपैयाँ छ। नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ। उक्त देशसँग २६ अर्ब ७० करोड चार लाख ६२ हजार रूपैयाँ बराबरको व्यापार घाटा छ। उक्त देशबाट २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार रूपैयाँ मूल्य बराबरको सामान आयात हुँदा ११ करोड ८७ लाख ३३ हजार रूपैयाँ मूल्य बराबरको मात्रै निकासी भएको छ।
छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी छ। भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार रूपैयाँ बराबरको सामान आयात भएको छ। नेपालबाट भने जम्मा ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार रूपैयाँ बराबरको सामान मात्रै निर्यात भएको छ। चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रूपैयाँ छ।
इण्डोनेसिया, थाइल्याण्ड, क्यानाडा, मलेसिया, स्विटजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ। चालू आर्थिक वर्षको नौ महिनामा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार रूपैयाँ बराबरको आयात भएको छ। यस्तै सोही अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार रूपैययाँ बराबरको मात्रै सामान निर्यात भएको छ। व्यापार घाटा मात्रै नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार रूपैयाँ बराबरको छ।
विभागका अनुसार कूल ४६ मुलुकमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन्। सार्क मुलुकमध्ये पाकिस्तानसँग पनि ४५ करोड १४ लाख ४६ हजार रूपैयाँ बराबरको व्यापार घाटा छ भने भुटानसँग एक अर्ब पाँच करोड ६० लाख ५५ हजार रूपैयाँ बराबरको घाटा छ। श्रीलङ्कासँग २१ करोड ७२ लाख ६८ हजार रूपैयाँ व्यापार घाटा रहँदा अफगानिस्तानसँग भने एक करोड ४७ लाख ८४ हजार रूपैयाँ बराबरको नाफामा रहेको छ। यस्तै बङ्गलादेशसँग दुई अर्ब ४६ करोड सात लाख ५८ हजार रूपैयाँ बराबरको व्यापार घाटा छ। –रासस