काठमाडौँ, ०५ जेठ। धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ। दुर्घटनामा ३ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको हो। अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनाबारे थप विवरण भने आउन बाँकी छ।