काठमाडौँ, ०५ जेठ। धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दाँ मृत्यु हुनेको संख्या पाँँच पुगेको छ। चार जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्। घाईतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरुको भने गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ।
बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो। दुर्घटनामा नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको टोलीले उद्धार गरिरहेका छन्।