धादिङ, ०५ जेठ। बाघको छालासहित धादिङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले एक थान बाघको छालासहित नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३१ वर्षिय सुमन दर्जी, सोही ठाउँका ४५ वर्षिय विष्णुबहादुर सुनार र ४१ वर्षीय कुमार खड्कालाई गल्छी गाउँपालिका वडा नं ७ गल्छीबजारमा रहेको हाम्रो होटलबाट शुक्रबार साँझ पक्राउ गरेको हो। पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बाघको छालासहित तीन पक्राउ
