चितवन, १० जेठ। भरतपुर २९ जुगेडीमा शुक्रबार दिउँसो गोली चल्दा एक जना घाइते भएका छन्। घर नजिकैको जंगलमा घाँस काट्न गएका जुगेडडीकै ३८ वर्षिय सुकबहादुर चेपाङलाई मध्यान्ह १२ बजे गोली लागेको चितवन प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घाइतको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। चेपाङको दायाँ खुट्टाको घँुडामा गोली लागेको प्रहरीले जनाएको छ। कस्ले र किन गोली चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।