गुजरात, १० जेठ। भारतको गुजरातस्थित सुरताको सर्थाना क्षेत्रमा रहेको लक्ष्यशिला कम्प्लेक्स भवनमा आगालागी हुँदा १५ जनाको मृत्यु भएको छ। कोचिङ सेन्टर भएको भवनमा आगालागी भएकोले मृत्यु हुनेमा अधिकांश विद्यार्थी रहेका जनाएको छ।
भीषण आगलागी भएकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सुरातका प्रहरी प्रमुख सतिश कुमार शर्माले बताए। उक्त घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत् मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। साथै घाइतेहरुको स्वास्थ्य लाभको समेत कामना गरेका छन्। प्रधानमन्त्री मोदीले प्रभावितहरुलाई आवश्यक सहयोग गर्न गुजरात प्रदेश सरकारलाई निर्देशन दिएका छन्।
गुजरातका मुख्यमन्त्री विजय रुपानीले घटनाप्रति दुःख व्यक्त गर्दै आगोलागीमा परि मृत्यु भएका परिवारलाई राहतस्वरुप प्रतिपरिवार चार लाख रुपैयाँको दरले उपलब्ध गराउने घोषणा गरेका छन्।
गुजरातको लक्ष्यशिला कम्प्लेक्समा आगलागी, विद्यार्थीसहित १५ को मृत्यु
