चितवन, १३ जेठ। स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको खैरहनी शाखाले संस्थामा आवद्ध पाँचजना महिलाहरुलाई सुत्केरी राहतस्वरुप नगद वितरण गरेको छ। रमा क्षेत्री, पुतली राई, बालकुमारी खड्का, दिलकुमारी महतो र रीना अधिकारीलाई नगद दुई हजारका दरले वितरण गरिएको हो।
संस्थाको ग्राहक संरक्षण कोष योजनाअन्तर्गतको रकम वितरण गरिएको शाखा प्रबन्धक दिलीप पौडेलले जानकारी दिए। ५६ जिल्लामा ७६ शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको वित्तीय संस्थाले विपन्न परिवारमा महिला सदस्यहरुको लागि विभिन्न खालका कार्यक्रम आयोजना गर्दै आइरहेको छ।