चितवन, १३ जेठ। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय नजिकै प्रेसर कुकर बम फेला परेको छ। विश्वविद्यालय र मकैबाली अनुसन्धान केन्द्रको सडकमा बम फेला परेको चितवन प्रहरीले जनाएको छ।
उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ। विप्लव समूहले आह्वान गरेको नेपाल बन्दले सर्वसाधारणमा त्रास सिर्जना गरेको छ। देशभरका विभिन्न जिल्लाहरुमा समेत शंकास्पद वस्तु फेला पर्दै आएकोले झनै त्रास सिर्जना गरेको छ।