काठमाडौँ, १३ जेठ। विप्लव नेतृत्वको नेकपा माओवादीले सोमबार आफ्नो कार्यकर्ता मारेको भन्दै नेपाल बन्दको आह्वान गर्यो, जसले गर्दा देशभरको जनजीवन निकै प्रभावित बनेको छ। राजधानीसहित देशभरका विभिन्न जिल्लामा बस तथा ट्रकमा आगजनी गरेका छन्। कतै प्रेसर कुकर बम भेटिएका छन् त कतै अन्य शंकास्पद वस्तु भेटिएका छन्।
आइतबार राजधानीकै विभिन्न स्थानमा भएको बिस्फोटमा पनि चार जनाको मृत्यु भएको छ। भने आधा दर्जनभन्दा बढी घाइते भएका छन्। सोमबार बन्दको घोषणा गरे पनि आइतबारदेखि नै बन्दको प्रभाव परिसकेको अवस्थामा गृहमन्त्री रामबहादुर थापाले ‘बादलले भने देशको शान्ति सुरक्षा सुदृढ भइसकेको दावी गरेका छन्। ‘विप्लव’ समूहको मूल निशाना राजधानी केन्द्रित भएकोले शान्ति सुरक्षा मजबुद बनाइसकेको उनको भनाइ छ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै गृहमन्त्री थापाले भने, ‘आइतबार राजधानीका विभिन्न स्थानमा भएका बिष्फोटमा परी चार जनाको मृत्यु भएका र घाइते भएका बसै सामान्य नागरिक नभर्इ घटनामा संलग्नहरु नै रहेको पुष्टि भइसक्यो।’
काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित बुद्धिबहादुर सुनारको कोठामा खानतलासी गर्दा प्रहरीले बाँसका भाटा, ‘विप्लव’ समूहका पर्चा, मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिइसकिएको उनले बताए। देशभरका अन्य जिल्लाहरूमा भेटिएका शंकास्पद वस्तुसमेत डिस्पोज गरिसकेको भन्दै जनतालाई त्रसित नहुन उनले आग्रह गरे।
पाँचथरको मिक्लाजुङमा भएको घटनाबारे वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको उनको भनाइ छ। ‘दार्चुलामा वृद्ध महिलाको निधन भएको घटनामा शङ्कास्पद व्यक्तिलाई समेत नियन्त्रणमा लिइसकेको छ,’ उनले भने, घटनाबारे थप अनुसन्धान भइरहेको छ।’