काठमाडौँ, १४ जेठ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणबारे जानकारी लिएका छन्। निर्माणस्थल अवलोकन गर्दै उनले पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताए। प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको बताए। ‘पुनर्निर्माणपछि पनि स्थानीय समुदायलाई नै धेरै फाइदा पुग्नेछ,’ उनले भने। त्यसैले काममा पनि स्थानीयकै सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ।
धरहरा टावरको ‘राफ्ट फाउण्डेशन’ को पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले निर्माण तालिकाअनुसार नै काम अघि बढेको बताए। निर्माणका क्रममा स्थानीय समुदायबाट सहयोग प्राप्त भए काम गर्न अझै सहज हुने उनको भनाइ छ। फाउण्डेशनले नै धरहरा टावरको सबै भार थेग्ने भएकाले यो संरचना मह¤वपूर्ण मानिन्छ। टावरको भार करिब १०० टन हुने जनाइएको छ। –रासस