काठमाडौँ, १५ जेठ। सिद्धार्थ बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ले दुईसंस्था बीच बैंकबाटै इन्स्योरेन्स गर्न मिल्ने गरि नयाँ सम्झौता गरेको छ। सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख बजार प्रबन्धक राजु के.सी.ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
दुईसंस्था बीचको सम्झौताले आगामी दिनमा, इन्स्योरेन्स कम्पनीमा बीमा गर्ने ग्राहक वर्गहरुलाई आवश्यक बीमा सम्बन्धि सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बैंकका सहायक प्रबन्धक खनालले बताए। यस्तै बैंकसँग सम्झौता गर्न पाउँदा सेवाग्राहीलाई थप सुविधा मिल्ने भन्दै इन्स्योरेन्सका प्रमुख बजार प्रबन्धक केसीले पनि खुसी व्यक्त गरे। सिद्धार्थ बैंक लिमिटेडले चारवटा एक्स्टेन्सन काउन्टरसहित देशभर १५४ वटा शाखा बिस्तार गरेर सेवा प्रवाह गर्दै आएको छ।