चितवन, १६ जेठ। चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तत्काललाई स्थगित गरिएको छ। बुधबार नेकपाका स्थानीय नेताको नेतृत्वमा आएको समूहले अस्थायी संरचनामा डोजर लगाएर भत्काइदिएपछि समस्या समाधान नभएसम्म काम गर्न नसकिने भन्दै ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेलले विज्ञप्ती जारी गरेर काम गर्न नसक्ने जानकारी गराएका हुन्।
आफ्ना कर्मचारीलाई पटकपटक धम्की दिँदै आएको भन्दै उनले विज्ञप्तीमा भनेका छन्, ‘कार्यालयका कर्मचारी, काम गर्ने मजदुरको जिउज्यान तथा भौतिक सम्पत्तिमाथि सुरक्षाको विषयमा खतरा तथा गम्भिर परिस्थिति आइपरेकोले स्थायी समाधान नभएसम्म यस परियोजनाको काम स्थगित गरिएको छ। साथै देश तथा विदेशमा रहेर सहयोग गर्नुहुने सबैमा पर्न गएको असरप्रति क्षमा चाहन्छौँ।’ (विज्ञप्ती हेर्नुहोस्)