चितवन, १६ जेठ। चितवनको रत्ननगरबाट बुधबार राति प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार उनीहरुलाई खैरो हिरोइन सेवन गरिरहेकै अवस्थामा पक्राउ गरिएको हो। रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठलाई बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट पक्राउ गरिएको प्रनाउ आर्चायले जानकारी दिए। उनीहरुको साथबाट दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसमेत बरामद गरेको प्रहरीले जनाएको छ।