चितवन, १६ जेठ। विश्व वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाले बिहीबारदेखि साप्ताहिक कार्यक्रमको सुरुवात गरेको छ। वातावरणसँग सम्बन्धित विभिन्न संघसंस्थाको नेतृत्वमा महानगरले बिहीबार भरतपुरका सरकारी कार्यालय तथा अन्य सार्वजनिक स्थानहरुमा बिरुवा रोपेर दिवसको औपचारिक सुरुवात गरेको हो।
भोलि शुक्रबार भने महानगरपालिकाभित्रका सबै विद्यालयहरुमा वातावरणसम्बन्धि कार्यक्रम गरेर विद्यार्थीहरुमा जनचेतना फैलाउने कार्यक्रम रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए।