नवलपुर, १६ जेठ। साझा विवेकशील पार्टी गण्डकी प्रदेशले संगठन बिस्तार गर्दै भोलि शुक्रबार नवलपुरमा पार्टी संयोजक घोषणा कार्यक्रम आयोजना गर्दैछ। पार्टीको जिल्ला संयोजकको घोषणा कार्यक्रमको सबै तयारी पूरा भएको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिए।
उक्त कार्यक्रममा सम्बोधन गर्न केन्द्रीय संयोजक रवीन्द्र मिश्र तथा मुमाराम खनाल, केशव दाहाललगायतका केन्द्रीय नेताहरू नवलपुर आउने कार्यक्रम रहेको उनले जानकारी दिए।