नवलपुर, १८ जेठ। लक्ष्मी मावि अमरापुरीद्वारा आयोजित प्रतिभा पहिचानअन्तर्गत वादविवाद प्रतियोगितामा गैँडाकोट इङ्लिस स्कूलका विवेक खनाल प्रथम भएका छन्। ‘विद्यार्थी जीवनमा अधिकार ठूलो कि कर्तव्य’ भन्ने शीर्षकमा गरिएको प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदनकी सहारा सापकोटा द्वितीय भएकी छिन्।
यस्तै लक्ष्मी मावि अमरापुरीकी सलिना शर्मा तृतीय र कालिका माध्यामिक विद्यालयकी सुरक्षा चालिसे सान्त्वना भएको लक्ष्मी मावि अमरापुरीका कार्यक्रम संयोजक बिष्णुप्रसाद रिजालले जानकारी दिए।