काठमाडौँ, १९ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरण तथा संगठनको गठन/पुनर्गठनको समन्वय गर्न आइतबार जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टीका महामन्त्री तथा संगठन विभागका प्रमुख राजेन्द्र लिङदेनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा बसेको विभागको बैठकले उक्त निर्णय गरेको हो।
केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र ३ नं. प्रदेशमा समन्वय गर्न भक्ति सिटौला, प्रदेश नं. १ र २ मा समन्वय गर्न पुष्पराज पुरुष, गण्डकी प्रदेश र ५ नं. प्रदेशमा समन्वय गर्न रमानन्द न्यौपाने तथा सुदुर पश्चिम र कर्णली प्रदेशमा समन्वय गर्न राम नेपाली र विभिन्न भातृ संगठन र विभागहरु समन्वय गर्नको लागि रीता माझीलाई जिम्मेवारी दिइएको सह–महामन्त्री तथा सदस्य सचिव भक्ति सिटौलाले जानकारी दिए।