चितवन, २० जेठ। बालकुमारी इङ्गलिस स्कुल, नारायणगढले विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर सोमबार विद्यार्थीका अभिभावकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ। विद्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा ४१६ जना अभिभावकले सेवा लिएको विद्यालयले जनाएको छ।
बालकुमारी ईङ्गलिस स्कुल, नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखा र धनवन्तरी क्लिनिक नारायणगढको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साइन्सेस–शिक्षण अस्पताल भरतपुरको प्राविधिक सहयोगमा गरिएकोे उक्त कार्यक्रममा स्त्रीरोग, मुटुरोग, हाडजोर्नी, मधुमेह तथा नाक, कान, घाँटीको परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।
विद्यालयको ५०औं वार्षिकत्सव मनाउने क्रममा पहिलो कार्यक्रमस्वरुप निःशुल्क स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल ओमकुमार श्रेष्ठले जानकारी दिए।