रुकुमपूर्व, २० जेठ। विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन्। बाफीकोट गाउँपालिका–१ रुकुम (पश्चिम)मा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको हो।
विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्चार माध्यम बन्द हुनाका साथै सरकारी कामकाजमा पनि समस्या सिर्जना भएको सञ्चारकर्मी सञ्जयनाथ योगीले बताए। विद्युत् सेवा नभएका कारणले बैंक तथा सरकारी कार्यालयमा इन्टरनेट नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ। पेनस्टिक पाइप अड्याउने मेशिनरी वाल लगाउने काम जारी रहेको र काम अन्तिम चरणमा पुगेको आयोजनाका अध्यक्ष दीपेन्द्र मल्लले जानकारी दिए।