गुल्मी, २० जेठ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन्। पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने उनको भनाइ छ।
कांग्र्रेसले सुरू गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरूण दल र नेपाल विद्यार्थी संघ गुल्मीले संयुक्तरूपमा सोमबार सदरमुकाम तम्घासमा आयोजना गरेको आमसभामा बोल्दै प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेस सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयकको विपक्षमा उभिएको छ।’ मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारले अहम् भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रवक्ता शर्माले थपे, ‘कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ।’ -रासस