चितवन, २० जेठ। विश्व साइकल दिवसको अवसर पारेर चितवनमा सोमबार साइकल र्याली निकालिएको छ। उद्योग वाणिज्य संघ चितवन परिषरबाट सुरु भएको र्याली पुलचोक, चौबीसकोठी, हाकिमचोक, गीतानगर, कमलपोखरी, घडगाईँ, गंगानगर, छितामाई हुँदै फेरि उद्योग वाणिज्य संघ परिसरमै आएर सकिएको थियो। स्वस्थ जीवन, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनको लागि चितवन राइडर्स नारायणगढ र रोटरी क्लब अफ नारायणगढले र्यालीको आयोजना गरेको हो। कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानसहित करिब ४० जना सहभागी थिए। पाँच तस्बिर हेर्नुहोस्: