सुर्खेत, २५ जेठ। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ। शनिबार बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जवाफपछि बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
उक्त बैठकमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा कोही पनि प्रतिपक्षी हुन नहुनेमा जोड दिए। सरकारले कर्णालीको विकास र समृद्धिको लागि सबै पक्षसँग व्यापक छलफल गरेर नीति कार्यक्रम ल्याएकाले कोही पनि प्रतिपक्षी बन्न नहुने धारणा राखे। सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै कानुन, संरचना र कर्मचारी अभावका कारण चालू आर्थिक वर्षमा अपेक्षाकृत काम हुन नसके पनि सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको उनको दाबी छ। -रासस