माडी (चितवन), ३१ जेठ। पूर्व शिक्षामन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेल (डीआर)को निधनप्रति दुःख व्यक्ति गर्दै माडी नगरपालिकाले शुक्रबार एकदिन नगरपालिकाभित्रका सबै शैक्षिक संस्था बन्द गरेको छ। पौडेलको निधनले देशलाई अपुरणिय क्षति पुगेको भन्दै शुक्रबार एकदिन नगरभित्रका शैक्षिक संस्थाहरू बन्द गरिएको नगरपालिकाले जनाएको छ।
पौडेलको अन्तिम श्रद्धाञ्जलीको लागि दिउँसो ३ बजे बघौडा अस्पतालमा उपस्थित भइदिन पनि नगरपालिकाले माडीबासीलाई आग्रह गरेको छ। पौडेलको निधनले माडी क्षेत्रको शैक्षिक विकाससँगै देशले नै ठूलो क्षति भोग्नुपरेको विज्ञप्तिमार्फत जनाइएको छ।
विज्ञप्ति हेर्नुहोस्:
योे पनि पढ्नुहोस् :