चितवन, ०४ असार। पौडेल कुलवंश संस्था राष्ट्रिय समन्वय समिति नेपालको अध्यक्षमा लोकनाथ पौडेल (झापा) चयन भएका छन्। चितवनको देवघाटमा भएको प्रथम राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। समितिको बरिष्ठ उपाध्यक्षमा हरिराम पौडेल (कास्की), उपाध्यक्षमा शलिकराम पौडेल (चितवन), महिला उपाध्यक्षमा बालिका पौडेल (मोरङ) चयन भएका छन्। यस्तै समितिको महासचिवमा महेन्द्र पौडेल (चितवन), सचिवमा उद्धवप्रसाद पौडेल (सुनसरी), कोषध्यक्षमा रामप्रसाद पौडेल (काठमाण्डौँ), सह सचिवमा शलिकराम पौडेल (रुपन्देही) र सह–कोषाध्यक्ष यमप्रसाद पौडेल (कञ्चनपुर) सहित ६१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
सोही भेलाले प्रदेश संयोजकसमेत चयन गरेको छ। जसअन्तर्गत प्रदेश नं. १ मा बिजय पौडेल, २ मा मेघराज पौडेल, ३ मा दीपक पौडेल, ४ मा भरतराज पौडेल, ५ मा हरीलाल पौडेल, ६ मा कृष्णप्रसाद पौडेल र ७ मा कृष्णभक्त पौडेललाई चयन गरिएको हो।