काठमाडौँ, ०५ असार। राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्रकुमार राईलाई नियुक्त गरेको छ। राखेपअन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानमा उप–निर्देशक पदमा कार्यरत राईलाई तालीम तथा प्रशिक्षण विभागमा असार ४ गतेदेखि दरबन्दी लागू हुने गरी रिक्त रहेको निर्देशक पदमा नियुक्त गरिएको राखेप सदस्य सचिव केशवकुमार विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। वि.सं. २०५२ मा कराते प्रशिक्षकका रुपमा ताप्लेजुङबाट राखेपको सेवामा प्रवेश गरेका राईले २०७४ देखि राखेपअन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठानमा उप–निर्देशकको भूमिका निर्वाह गर्दै आएका थिए। –रासस
राष्ट्रिय टिम तयारी निर्देशकमा राई
