काठमाडौँ, ०५ असार। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माणस्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका छन्। रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो।
पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन्। तर, सुख्खा पहिरोले एक सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका छन्। उनीहरु आफैं बाहिर आउन सक्ने अवस्था छैन। उद्दारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
‘उद्दारका लागि सीमा सुरक्षा चौकीबाट ७ जना प्रहरीको टोली पुगेको छ’, उनले भने, ‘स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगेको छ।’