चितवन, ०९ असार। नेकपा चितवनको जिल्ला कमिटी घोषणा एवम् शपथ ग्रहण कार्यक्रम आज सोमबार हुने भएको छ । दिउँसो २ बजे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा जिल्ला कमिटी घोषणा एवम् शपथ ग्रहण हुन लागेको हो ।
तत्कालीन नेकपा एमालेबाट ८० र माओवादीबाट ७५ गरी कुल १ सय ५५ जनाको जिल्ला कमिटी घोषणा हुन लागेको हो । दुवैतर्फको नामावली अन्तिम टुंगो लागिसकेको नेकपा जिल्ला नेताहरुको भनाइ छ । पार्टी एकीकरण भएपछि जिल्लामा एकीकरण ढिला गरी हुन लागेको हो । पार्टीले अध्यक्षमा तत्कालीन माओवादीका यमबहादुर परियार र सचिवमा तत्कालीन एमालेका कृष्णभक्त पोखरेललाई जिम्मेवारी दिइसकेको छ ।