चितवन, १८ असार। पहिरोले एकतर्फी सञ्चालनमा रहेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ।
इच्छकामना गाउँपालिका–६ स्थित जलविरे, चार किलो र तीन किलोमा खसेको पहिरो हटाइएपछि बाटो दुईतर्फी सञ्चालनमा आएको हो। तीन ठाउँमा खसेको पहिलो आज विहान ८ः४० बजेदेखी पूर्ण रुपमा हटाएर दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।
गयराती १०ः३० बजेको समयमा खसेको पहिरो पन्छ्याउने क्रममा राति १२ः५५ बजेको समयदेखी बाटो एकतर्फी सञ्चालन गरिएको थियो।