चितवन, २४ असार। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवनले ‘धुर्मुस्–सुन्तली फाउण्डेशन’लाई रंगाशाला निर्माणकार्य पूर्वयोजना अनुसार नै सुरू गर्न आव्हान गरेको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै रंगशाला निर्माणको लागि पुःन आव्हान गरिएको हो।
‘निर्माण कार्यको निम्ति वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, नीजि क्षेत्रका प्रमुख, सामाजिक व्यक्तित्व, पत्रकार, सामाजिक अभियन्ता, क्रियाशील व्यक्तित्व र आम चितवन तथा देशभरका जनसमुदायहरूको उत्साहपूर्वक सहयोग गर्न तयार रहेको जानकारी गराइन्छ,’ समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सामाजिक आर्थिक विकास र क्रिकेट खेलको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रियस्तरको खेल खेलाउने उद्देश्यसहित यो गौरवशाली आयोजना निर्माण हुन लागेको हो। ‘धुर्मुस सुन्तली फाउण्डेशन’ले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्यको क्रममा केही प्राविधिक कारणले अवरूद्ध भएकोमा हाल सहज वातावरण रहेको र यसका लागि निर्वाचित जनप्रतिनिधि, सरकारी संघसंस्था, निजी क्षेत्र, स्थानीय व्यक्तित्व तथा सरोकारवालाहरूबाट उत्साहपूर्वक र सहज वातावरण बनाउन प्रतिवद्धता आएको परिप्रेक्ष्यमा रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार तीव्र गतिका साथ अगाडि बढाउनका लागि रंगशाला निर्माण सहयोग समितिको सचिवालयको मिति २०७६ असार १८ गते बसेको बैठकले धुर्मुस सुन्तली फाउण्डेसनलाई अपिल गर्ने निर्णयका साथ यो प्रेस विज्ञप्ति जारी गरिएको छ।’
विज्ञप्ति हेर्नुहोस्:
