काठमाडौँ, २६ असार। त्रिवेणी व्यापार कम्पनीले कम्पनीको सामान खरिद गरी लक्की ड्रमार्फत बिजेता बन्न सफल व्यक्तिहरूलाई बिहीबार पुरस्कार वितरण गरेको छ। कम्पनीले दुईवटा कम्पनीको सामान खरिदमा लक्की ड्र कार्यक्रम आयोजना गरेको थियो ।
जसअन्तर्गत ‘सानसुई न्यू इयर ग्राण्ड अफर’मार्फत श्रीकुञ्ज ट्रेडर्स कैलालीका तप्तबहादुर विष्ट प्रथम हुन सफल भएको कम्पनीका विज्ञापन प्रमुख सन्जोग मिश्रले जानकारी दिए। सर्तअनुसार विष्टले अब दुवई भ्रमण गर्न पाउने भएका छन्।
यस्तै स्मार्ट पावर सिस्टम कालीमाटीका फैयाज अहमदले दोस्रो पुरस्कार हात पार्दै सान्सुई ५५ इञ्चको स्मार्ट टिभी पुरस्कार पाएका छन्। यस्तै टिभी हाउस नेपालगञ्जले तेस्रो स्थान कब्जा गर्दै सान्सुई १७० लिटर रेफ्रिजेरेटर पुरस्कार जितेका छन्।
सोही कम्पनीले आयोजना गरेको अर्को लक्की ड्र ‘यसुदा नयाँ वर्षको शुभारम्भ’मार्फत सुर्खेतका कृष्णबहादुर बुद्धलाई पुरस्कृत गरेको छ। बुद्ध क्रियटिभ आइटीका सञ्चालक बुद्धले पुरस्कार जितेसँगै सिंगापुर भ्रमणमा जान पाउने भएका छन्।

यस्तै किशोर इलेक्ट्रोनिक्स दाङ तुलसीपुरका ललित ओलीले दोस्रो स्थान हासिल गर्दै यसुदा कम्पनीको ६५ इञ्चको स्मार्ट टिभी पुरस्कार हात पारेका छन्। तेस्रो हुन सफल ए.सबि.आर. इलेक्ट्रोनिक्स सेन्टर पोखराका ताहासिंह थापाले भने यसुदा कम्पनीको १ टन एयर कन्डिसन पुरस्कार जितेका छन्। कम्पनीले दुईवटै पुरस्कारको लागि गतवर्ष चैत १५ देखि गत जेठ १५ गतेसम्म लक्की ड्रकार्यक्रम आयोजना गरेको थियो।