काठमाडौँ, २७ असार। भारतसँगको समन्वयमा थुनिएको ठाउँ खुलाएपछि जलमग्न भएको सर्लाही सदरमुकाम मलंगवामा पानीको सतह घट्न थालेको छ। अविरल वर्षाको कारण भारतसँगको सीमानामा पानीको निकास थुनिएपछि मलंगवा बजार डुबानमा परेको थियो।
मलंगवा नगरपालिका र भारतको सोनर्वााको सीमानामा दशगजा क्षेत्रमा पानीको निकास जाने ठाउँ बन्द हुँदा सदरमुकाम जलमग्न भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। ‘नगरपालिकाका मेयर साब, प्रहरीको एसपी साब र हामी गएर छलफल गरी खुलाएका छौँ’ उनले भने।
पानीको निकास जाने ठाउँमा जलकुम्भी पलाउनुका साथै माटो जमेपछि बन्द भएको थियो। सोही ठाउँमा केहीदिनदेखिको लागातारको झरीले गर्दा मलंगपा क्षेत्रमा पानी जमेपछि डुबानमा परेको थियो।