काठमाडौँ, २७ असार। देशभर मनसुन सक्रिय जारी रहेकोले खोला छेऊका वासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणको लागि सूचना जारी गरेको छ। विशेष गरी काठमाडौँसहित तराईका जिल्लाहरूमा सतर्क रहने आग्रह गरेको छ।
विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले लगातार परेको पानीले खोलामा पानीको बहाव उच्च भएपछि उच्च सतर्कता अपनाउन सूचना जारी गएिको विभागका प्रवक्ता एवम् वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले जानकारी दिइन्। जोखिमयुक्त क्षेत्रबारे एसएमएस, इमेललगायतका सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आएको उनले बताइन्। विज्ञप्ति हेर्नुहोस्: