चितवन २८ असार। चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित मुग्लिङ बजार नजिकै ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरका ट्रके पृथ्बी राजमार्गबाट त्रिशूली नदिमा खस्दा सह–चालक दाङ घोराही बस्ने अन्दाजी २५ वर्षको अनिल गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार ट्रक चालक ललितपुर जिल्ला घर भएका ४६ वर्षिय माधव थापा घाइते भएका छन्। उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
डाँडाबाट ढुंगा खसेर ट्रकमाथि लाग्दा ट्रक नै त्रिशूली नदीमा खसेको उनले बताए। ट्रक पूरै पानीमा डुबेको प्रहरीले जनाएको छ।