महोत्तरी, २८ असार। अविरल वर्षापछि आएको बाढीले महोत्तरीको बर्दिवास नगरपालिकास्थित भप्सीखोलाको पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरूद्ध भएको छ। बाढीले पुलको बीच भाग नै बगाएपछि सडक अवरूद्ध भएको हो।
पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिए। पुल नै बगाएपछि यात्रु भने जोखिम मोलेरै बाढी तरेर यात्रा गरिरहेको छन्। पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर पर्छ।