धादिङ, ०६ साउन। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. १ खयरघारीमा सोमबार बिहान भएको दुर्घटनामा १२ जना घाइते भएका छन्। चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो बस र विपरित दिशाबाट गइरहेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठक्कर खाँदा माइक्रो खोलामा खस्दा १२ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाण्डौँको ट्रमा सेन्टरमा पठाइएको छ।