चितवन, ०६ साउन। जिल्ला प्रहरी कार्यालय चितवनले नेटवर्किंङ व्यवसायमार्फत ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।
काठमाडौंमा दर्ता गरी संचालनमा ल्याएको एल.टि.एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रा.लि.नामबाट चितवनका सर्वसाधारणहरुलाई झुक्यानमा पारी नेपालमा प्रतिवन्धित नेटवर्किंग व्यवसायबाट ठगी गरेको आरोपमा उक्त कम्पनीका अध्यक्ष सुनसरी जिल्ला धरान उपमहानगरपालिका ७ बस्ने बर्ष ३७ का सुमन भनिने जहरमान घिसिङ र सदस्यहरु गोरखा जिल्ला पालुङटार नगरपालिका १० बस्ने बर्ष ३९ का डि.बि.भनिने दलबहादुर गुरुङ र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ९ बस्ने बर्ष ४३ की पार्वती के.सीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एकनारायण कोइरलाले जानकारी दिए।
पक्राउ परेका तीनैजना माथि ठगी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको उनले बताए।