मकवानपुर, ०६ साउन। कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कडा टिप्पणी गरेका छन्। मकवानपुरको हेटौँडामा आयोजित विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवस कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘कम्युनिष्टहरू सुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेका छन्।’
वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा कांग्रेसलाई उभ्याउनुपर्ने उनले बताए। कांग्रेस पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताए। बिपीको आदर्शलाइ आत्मसात् गर्न सके मात्र पार्टी बलियो हुने उनको भनाइ छ।