चितवन, ०७ साउन। सोमबार साँझ रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चितवनमा एकजनाको मृत्यु भएको छ। नरायणगढ–मुग्लिन सडकखण्डमा भएको उक्त घटनामा मोटरसाइकल चालक अन्दाजी ३० वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
प्रहरीका अनुसार ना ४२ प ४९२९ नं. को उक्त मोटरसाइकल भरतपुर महानगरपालिका वडा नं. १ मा पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा रोकिराखेको ना ५ ख २२४६ नं.को ट्रकमा ठोक्किएको थियो। गम्भीर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
मोटरसाइकलले ठक्कर दिएका पैदलयात्री भरतपुर महानगरपालिका वडा नं १ बस्ने ५० वर्षिय ओमप्रसाद भुषाल सामान्य घाइते भएका छन्। मोटरसाइकल र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकका चालक भने फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए।