काठमाडौँ, ०८ साउन। टी–२० वल्र्डकप एसिया फाइनलमा नेपाल र मलेसियाबीचको खेल ९ ओभरमा झारिएको छ। टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरू भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको छ। यो समाचार तयार पार्दासम्म उसले एक ओभरमा दुई विकेट गुमाएर नौ रन बनाएको छ। आज कप्तान पारस खड्का प्लेइङ इलाभेनमा छ्रैनन्। कतारविरूद्धको खेलमा ढाड दुख्ने समस्या आएपछि उनले दोस्रो इनिङ खेलेका थिएनन्। उनको स्थानमा रोहित कुमार पौडेल आएका छन् ।