चितवन, ०८ साउन। चितवनको दासढुंगादेखि गाँजुपुरसम्मको सम्भाव्यताबारे चिनिया प्राध्यापक झाङ सुविनले अवलोकन गरेका छन्। राष्ट्रपति कार्यालयका विज्ञ समूहका सदस्य माधव शर्मासहितको टोलीसँग चिनिया प्राध्यापक झाङ तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको दुर्घटनास्थलबाट शव भेटिएको स्थलसम्मको अध्ययन गरेका हुन्।
मदन भण्डारी फाउण्डेसन चितवनको संयोजनमा उक्त क्षेत्रको अवलोकन गरिएको हो। सो अवसरमा टोलीले काभ्रेघाटमा निर्माण भइरहेको क्रुजको समेत अवलोकन गरेका छन्। अवलोकनका क्रममा आयोजित छलफल कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले यस क्षेत्रको विकासका लागि गरिएका कामबारे प्रकाश पारे।
चितवनको दासढुंगादेखि गोलाघाटसम्मको एकीकृत विकास गर्न नारायणी एकीकृत विकास परियोजनाको अवधारणा ल्याइएको समेत जानकारी गराए।