काठमाडौँ, ०८ साउन। विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोन र फिचर फोनका साथ नेपाली बजारमा प्रवेश गरेको छ। कम्पनीले अल्काटेल वान, अल्काटेल वान एस, अल्काटेल थ्री एक्स, अल्काटेल ३ लगायतका स्मार्टफोन तथा अल्काटेल २०५३ डी, अल्काटेल २००३ डी, अल्काटेल १०६६ डी फिचर फोन सेगमेन्टमा उपलब्ध गराएको अल्काटेल ब्राण्ड लन्च भएको अवसर पारेर एसएचटिसी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक अमित अग्रवालले जानकारी दिए।
यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसोसरिजमा ६ महिनाको वारेन्टी दिएको छ। नेपालमा सूचना प्रविधि क्षेत्रका उत्पादन तथा इलेक्ट्रोनिक्सका प्रमुख वितरकमध्ये एक एसएचटिसी इन्टरनेशनल प्रा.लि. यस ब्राण्डको आधिकारिक वितरकको रूपमा रहेको उनले बताए। सम्पूर्ण स्मार्टफोनमा शक्तिशाली ब्याट्री, हाई पिक्सेल क्यामेरा र विशिष्ट गुणस्तर रहेकोले सेवग्राहीको मन जित्नेमा विश्वस्त रहेको उनको भनाइ छ।
उक्त फोन सबै समूहका सेवाग्राहीले प्रयोग गर्न सकिने उनले बताए। उक्त स्मार्ट फोन एक हजार ९१० देखि २१ हजार ४९० रूपैयाँसम्ममा उपलब्ध रहेको उनले बताए। अनलाइनमार्फत पनि खरिद गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।