चितवन, १० साउन। कयर खोलाले बगाउँदा चितवनमा एकजनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिका १० घर भई सोहि नगरपालिका वडा नं. ९ मा डेरा गरी बस्ने विकास चेपाङका अन्दाजी ५/६ वर्षका छोरा सन्देश चेपाङलाई खोलाले बगाउँदा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आमासँग कयर खोलामा लुगा धुन गएका बेला सन्देशलाई खोलाले बगाएको थियो। खोलाले बगाएका सन्देशको कालिकाकै वडा नं. ८ मा लास फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।