घाज्नी (अफगानीस्तान), ११ साउन। अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्वारमा शनिबार कारबम विस्फोट भएको छ। उक्त विस्फोटमा परी कम्तीमा पनि तीन प्रहरी अधिकारीको मृत्यु भएको जनाएको छ।
विस्फोटमा परी अन्य १२ जना घाइते भएका छन्। प्रान्तीय सरकार प्रवक्ता आरेफ नुरी उक्त विस्फोटको पुष्टि गरेका छन्। प्रहरी कार्यालयनजिकै प्रहरीलाई नै लक्षित गरेर विस्फोट गराइएकाले मृत्यु हुने पनि सबै जना प्रहरी नै रहेका छन्। देशको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा रहेको अबान्ड जिल्लामा घटना भएको नुरीले बताएका छन्।
घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । –रासस/सिन्ह्वा