चितवन, १८ साउन। जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार आठ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। रत्ननगर नगरपालिका–३ स्थित विद्युत् डाँडाका जितमान मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले नगद ४४ हजार ३७० रूपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेहरूको नाम भने गोप्य राखिएको छ। केहीसमयअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर १५ मंगलपुरबाट करिब चारलाख रूपैयाँ नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो।