काठमाडौँ, १९ साउन। नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका–१० मनमैजु मालपोत कार्यालयचोक नजिकको प्रतिक्षालयमा बस्दै गरेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आइतबार पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार नेपाली र लामालाई चार सेतो रङका बिनासहित पक्राउ गरिएको हो। दुबै जनासँग प्रहरीले ७७ ग्राम ४५ मिलिग्राम बिना बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। –रासस