चितवन, १९ साउन। कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ चितवनले शनिबार एक दिने आइसीटी सेमिनार सम्पन्न गरेको छ। डिजिटल फाइनन्सियल सम्बन्धि सेमिनारमा जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष, सचिव तथा क्यान महासंघ नेपाल चितवनसँग आवद्ध करिब २०० जनाको उपस्थिति थिए। उक्त सेमिनारमा विवेक राना, केशवराज आचार्य र पारितोष पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रदेश नं. ३ का सांसद घनश्याम दहाल प्रमुख अतिथि रहेको कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर, महासचिव रञ्जितकुमार गोदार, केन्द्रीय सदस्य श्यामकल श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपसचिव प्रधुम्न उपाध्याय, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष हरिशचन्द्र सुवेदी, बुद्ध एजुकेशनका अध्यक्ष पंकज जलानलगायतको उपस्थिति रहेको कार्यक्रम क्यान महासंघ चितवनका अध्यक्ष भानु शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।