चितवन, २२ साउन। चितवनको भरतपुरस्थित पुष्पाञ्जली अस्पताल प्रा.लि.को अध्यक्षमा चेतनाथ वाग्ले चयन भएका छन्। बुधबार भएको अस्पतालको बार्षिक साधारण सभा तथा अधिवेशनले वाग्लेको नेतृत्वमा पाँच सदस्य नयाँ कार्यसमिति सर्वसमत चयन गरिएको हो।
कार्यसमिति सदस्यहरुमा भने शंकर कँडेल, केवश वाग्ले र सदस्य सचिव डाक्टर भोजराज अधिकारी चयन भएका छन्। संस्थाका निवर्तमान अध्यक्ष पनि नयाँ कार्यसमिति सदस्यमा रहने संस्थाको विधानअनुसार निवर्तमान अध्यक्ष गौरीश्वर सापकोटा पनि कार्यसमिति सदस्यमा चयन भएका छन्।
अध्यक्षमा चयन भएसँगै वाग्लेले बुधबारै पदभार ग्रहण गर्दै अस्पतालको स्तरोन्नतिका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए। ५५ शैयाको अस्पताललाई बढाएर एकसय शैयासम्म पु¥याउने योजना रहेको उनको भनाइ छ। आउँदो दुई वर्षभित्र पुष्पाञ्जली अस्पतालमा नर्सिङ पढाई सुचारु गर्नेसमेत जानकारी दिए।